FLASH NEWS
  • Loading...

बहराइनमा ९ र भारतमा १ नेपालीमा कोरोना संक्रमण

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ८७ पटक पढिएको
बहराइनमा ९ र भारतमा १ नेपालीमा कोरोना संक्रमण

नेपाल बाहिर पछिल्लो समय १० जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ । बहराइनमा एकैपटक ९ जना नेपाली कामदार र भारतमा एकमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमण देखिएको हो । बहराइनमा ३ जना नेपालीमा कोरोना देखिएको थियो ।

बहराइनमा भेटिएका ९ कोरोना संक्रमित सबै एउटै क्याम्प बस्दै आएका छन् । बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको र त्यहाँ नेपालीसहित ४ सय जना बस्दथे ।

अहिले त्यहाँका सबैलाई क्याम्पमै क्वारेन्टाइनमा राखिएको दूतावासले जनाएको छ । त्यहाँ कति नेपाली रहेका छन् भन्ने खुलेको छैन । बहराइनमा अहिलेसम्म कोरोनाको कारण ४ जनाको मृत्यू भइसकेको छ ।

म्ष्कज)ज्यmभ
त्यस्तै, भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा पनि कोरोना संक्रमण भेटिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

दुई साताअघि बंगेलवाली मस्जिदमा भएको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेलामा उनीसहित १० नेपाली सहभागी थिए । उनीहरु सबै पर्सा जिल्लाका रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित