FLASH NEWS
- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
सुनसान विश्व (फोटो फिचर)
- गोल्डेन खबर
- ५ साल अघि
- १९६ पटक पढिएको

एजेन्सी–चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको छ। बिहीबार बिहानसम्मको तथ्यांकअनुसार यसबाट ४६ हजार मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या साढे ९ लाख नाघेको छ । यो महामारीबाट अमेरिका, इटाली, स्पेन, इरान बढी प्रभावित भएका छन्।
महामारी रोक्न विश्वले विभिन्न उपाय अपनाइरहेका छन्। अधिकांशले सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाएका छन्। सार्वजनिक यातायात, बस, रेल तथा हवाई सेवा रोकेका छन्। कतिपय देशले लकडाउन घोषणा गरेका छन् भने केहीले सामाजिक दूरीको नियम लागू गरेका छन्।
अरुबेला भीडभाड हुने पर्यटकीय स्थल र सडक सुनसान देखिएका छन्। जमघट, आवागमन र सामाजिक दूरी कायम गरिँदा पनि संक्रमण घट्ने संकेत देखिएको छैन।
यतिखेर ठप्प छ विश्व, सुनसान देखिएका छन् सहरहरु ।










प्रतिक्रिया दिनुहोस