- Loading...
कोरोनाका कारण मृत्यु हुनेको संख्या साढे ४८ हजार नाघ्यो, इटाली र स्पेनमा संक्रमितको संख्या १ लाख १० हजार
- गोल्डेन खबर
- ४ साल अघि
- १०० पटक पढिएको
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या बढिरहेको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वभरमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या हालसम्म ४८ हजार ५ सय ७९ पुगेको छ । त्यस्तै विश्वभरमा ९ लाख ५५ हजार ४ सय १२ जना कोरोनाबाट संक्रमित भएका छन् ।
त्यस्तै कोरोना संक्रमित भएका २ लाख ३ हजार १३ जना निको भएका छन् । विश्पव्यापी फैलिएको कोरोनाभाइरसको प्रभाव सबैभन्दा बढी अमेरिका,स्पेन, इटाली लगायतका देशहरुमा परेको छ । हालसम्म संक्रमित हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी रहेका छन् ।
हालसम्म अमेरिकामा कोरोनाबाट ५ हजार बढीको मृत्यु भएको छ । भने २ लाख १५ हजार बढी संक्रमित भएका छन् । त्यस्तै स्पेन र इटालीमा कोरोना संक्रमित संख्या १ लाख १० हजार बढी रहेको छ । स्पेनमा हालसम्म कोरोनाका कारण १० हजार बढीको मृत्यु भएको छ भने इटालीमा १३ हजार बढीको मृत्यु भएको छ ।