FLASH NEWS
- Loading...
डेरामा बस्दै आएकी नर्स निकाल्ने वडासचिव पक्राउ
- गोल्डेन खबर
- ४ साल अघि
- ९१ पटक पढिएको
जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा २ का वडासचिव नारायण आचार्यलाई पक्राउ गरेको छ ।
वडासचिव आचार्यले घोराही १८, नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर १६, गणेपुरकी २० वर्षीया नर्स सिर्जना खड्कालाई घरबाट निकालेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको हो । खबर सार्वजनिकलगत्तै वडासचिव आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घोराहीस्थित एक निजी हस्पिटलमा कार्यरत नर्स खड्का गत मंसिरदेखि साथीहरुसँगै मिलेर आचार्यको घरमा भाडामा बस्दै आएकी थिइन् । आचार्यले घरबाट निकालिएपछि चैत १५ गतेदेखि आफू घोराहीस्थित एक होटेलमा बस्दै आएको खड्काले बताइन् ।
प्रतिक्रिया दिनुहोस