- Loading...
कोरोना संक्रमणका कारण चर्चित अमेरिकी गायक जोए डिफीको निधन
- गोल्डेन खबर
- ४ साल अघि
- १०९ पटक पढिएको
कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण चर्चित अमेरिकी गायक जोए डिफीको निधन भएको छ । केही दिनअघि उनमा कोरोना भाइरसको परीक्षणमा पोजिटिभ रिपोर्ट भेटिएको थियो ।
डिफीका निर्माता स्कट एडकिन्सले आइतबार कोरोनाका कारण नासभिल्लास्थित उनको मृत्यु भएको सार्वजनिक गरेका हुन् । कोरोनाबाटै मृत्यु हुने उनी पहिलो गायक भएको बुझिएको छ । २५ वर्ष भन्दा पहिलेदेखि गायनमा सक्रिय रहेका डिफीको ६१ वर्षको उमेरमा निधन भएको हो । डिफीका ‘हंकी टंक एटिट्युड,’ ‘प्रप मी अप बिसाइड द जुकबक्स,’ ‘बिगर द्यान द बिटल्स,’ ‘इफ द डेभिल्स डान्स्ड’ लगायत गीत चर्चित रहेका छन् ।
डिफी जर्मनीबाट प्राप्त गरिने अन्तर्राष्ट्रिय अवार्ड विजेता समेत हुन् । ‘सेम ओल्ड ट्रेन’ गीत मार्फत मेर्ले हगर्डसँग उनले उत्कृष्ट गायकको अवार्ड सेयर गरेका थिए । गायक जोन रिचले भनेका छन्, ‘हाम्रो संगीत उनले जस्तो कसैले गाउन सकेन,’ ।
थुप्रै गायक तथा संगीतकर्मीहरुले उनको निधनमा दुख व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन् ।