FLASH NEWS
  • Loading...

कोरोनाबाट हलिउड कलाकार डिबैंगोको निधन

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ११५ पटक पढिएको
कोरोनाबाट हलिउड कलाकार डिबैंगोको निधन

विश्वभर फैलिरहेको कोरोना भाईरसको सँक्रमण अमेरिकामा पनि तिब्र गतीमा फैलिरहेको छ । यसै क्रममा कोरोना भाइरसबाट सँक्रमित हलिउड स्टार मनु डिबैंगोको निधन भएको छ ।

८६ वर्षीय डिबैंगोको अस्पतालमा उपचारका क्रममा कोरोना सँक्रमणकै कारण मँगलबार बेलुका निधन भएको चिकित्सकहरुले बताएका छन् । उनी उच्च ज्वरोको कारण केही दिन अघि अस्पताल भर्ना भएका थिए । परीक्षणको क्रममा उनका कोरोना भाईरस ९कोभिड १९० को सँक्रमण उच्च देखिएपछि उपचारमा राखिएको थियो ।

हलिउड कलाकार डिबैंगो त्यहाँका चर्चित एफ्रो ज्याज म्युजिकका बिज्ञ थिए । डिबैंगोको निधनले यतीबेल हलिउडले कुरा कलाकार र अमेरिकाले प्रभावशाली ज्याज सँगीतज्ञ गुमाएको छ । कोरोना भाईरसबाट ज्यान गुमाएका उनी पहिलो हलिउड स्टार हुन् ।

स्यक्सोफोनमा लोकप्रियता हाँसिल गरका डिबैंगोको अन्त्यस्टी अत्यन्ती सुरक्षित र निजी तरिकाले गर्ने परिवार जनले बताएका छन् । कोरोना सँक्रमणका कारण अन्य कलाकार र शुभचिन्तकलाई यी कलाकारको अन्त्यस्टीमा सहभागी नहुन चिकित्सक देखि परिवारजनसम्मले अनुरोध गरेका छन् ।
(राजधानी दैनिकबाट)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित