FLASH NEWS
  • Loading...

भारतबाट गुल्मी आएका एक व्यक्तिको मृत्यु

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९० पटक पढिएको
भारतबाट गुल्मी आएका एक व्यक्तिको मृत्यु

केहि दिन अघि मात्र भारतबाट घर आएका गुल्मी घमिरका एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्वर–७, साविक घमिर गाविस वेदथलाका ६३ बर्षीय केयरसिंह बिश्वकर्माको भारतबाट घर आएको दशौं दिनमा मृत्यु भएको हो ।

उनलाई दमको समस्या भएपछि घर आएका थिए । उनलाई लामो समयदेखि नै दमको समस्या रहेको बताइएको छ ।

उनलाई कोरोेना भाइरसको संक्रमण हुनसक्ने आशंका गरिएको भए पनि उनी लामो सयमदेखि दमले थलिएका र त्यसको कारण उनको मृत्यु भएको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए ।

‘उनलाई कोराना भाइरसको संक्रमण नभएको र ज्वरो समेत नआएकाले उनको दमको व्यथाले नै मृत्यु भएको वडाध्यक्ष पन्थीले जानकारी दिएका छन्। उनका अनुसार त्यस वडामा यति बेला भारतबाट २० देखि २५ जनाको संख्यामा वडावासीहरु घर आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित