FLASH NEWS
  • Loading...

कोरोना सर्ने डरले जेलभित्र भागदौड, २३ जनाको मृत्यु

  • गोल्डेन खबर
  • ५ साल अघि
  • २०४ पटक पढिएको
कोरोना सर्ने डरले जेलभित्र भागदौड, २३ जनाको मृत्यु

कोलम्बियास्थित जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड गर्ने क्रममा कैदीबीच झडप हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

जेलभित्र कोरोनाभाइरसको संक्रमण फैलिएको हल्लापछि त्रासका कारण भागदौड हुँदा २३ जनाको मृत्यु भएको हो ।

भागदौडकै क्रममा ८० जना भन्दा बढि कैदी घाइते भएका छन् । अन्र्तराष्ट्रिय समाचारहरुमा जनाइए अनुसार देशका अन्य भागमा रहेका कयौ जेलमा समेत जेलबाट भाग्न खोजेका घटनाहरु भईरहेका छन् ।

देशकै सबैभन्दा ठूलो ला मोडेलो कारागारामा रहेका कैदीबिच भागदौड मच्चिदा ठुलो संख्यामा कैदीले ज्यान गुमाउनुपरेको बीबीसीले उल्लेख गरेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन खोज्दा जेलमा कार्यरत सात जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् । त्यहाँको सरकारले हालसम्म कुनैपनि कैदि बन्दिमा रोगको संक्रमण नदेखिएको दाबी गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित