- Loading...
कोरोना संक्रमणको त्रास : प्रचण्डले स्थगित गरे आजदेखि सबै भेटघाट कार्यक्रम
- गोल्डेन खबर
- ४ साल अघि
- १०० पटक पढिएको
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम स्थगित गरेका छन्। विश्वभर फैलिएको कोभिड-१९ कोरोना भाइरसका कारण अत्यावश्यकबाहेक अन्य भेटघाट स्थगित गरेको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन्।
‘विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ’ गंगाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्।
अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उनको निवास पुग्ने गरेका छन्। तर, आजदेखि भने अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको प्रचण्डको निजी सचिवालय प्रमुख समेत रहेकी छोरी गंगा दाहालबाट जानकारी दिइएको छ।
कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुल गर्न बुधबार रोक लगाएको निर्णय गरेकव थियो। सरकारलेले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिमरहेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।
बैठकले सांस्कृतिक एवम् सामाजिक गतिविधिसँग सम्बन्धित भोजभतेर नगर्न आग्रह गर्दै मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ।