- Loading...
कोरोना उत्पत्तिस्थल वुहानमा नयाँ संक्रमित शून्य
- गोल्डेन खबर
- ४ साल अघि
- १०१ पटक पढिएको
अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको उत्पत्तिस्थल चीनको उहानमा पहिलोपटक एक जनामा पनि नयाँ संक्रमण नभएको पाइएको छ।
भाइरसको संक्रमणको सुरुवात भएको चीनको वुहान शहरमा बुधबार नयाँ संक्रमित भएनन् । गएको डिसेम्बर हुबेई प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
तर बुधबार पहिलोपटक वुहानमा नयाँ संक्रमण नपाइएको स्थानीय अधिकारीले बताएका छन् । वुहानमा बुधबार कोरोना भाइरसका कारण थप ८ जनाको ज्यान गएको छ । तर नयाँ संक्रमण देखिएको छैन ।
हुबेई प्रान्तमा ६७ हजार ८०० जना संक्रमण भएको छ । हुबेईको राजधानी वुहानमा संक्रमितको संख्या ५० हजार पाँच रहेको छ । यस्तै गएको मंगलबार आशंका गरिएका केशहरु पनि देखिएको थिएन ।
यो संक्रमण फैलिएयता त्यो पनि सुरुवात भएको ठाउँमै संक्रमण वृद्धि शून्यमा झरेको यो पहिलो घटना हो।
योसँगै महामारीको सुरुवात भएको क्षेत्रमा अहिले संक्रमण रोकिएको हो । गएको केही दिन अघिदेखि वुहानमा ‘सिंगल डिजिट’ मा नयाँ संक्रमण देखिएका थिए ।