FLASH NEWS
  • Loading...

अधिकांश विदेशीलाई युरोप प्रवेशमा निषेध

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १३८ पटक पढिएको
अधिकांश विदेशीलाई युरोप प्रवेशमा निषेध

युरोपियन युनियनले अधिकांश विदेशीलाई ३० दिनसम्म युरोपको यात्रामा प्रतिबन्ध लगाउने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयासका लागि युरोपियन युनियनमा रहेका देशहरुले सीमा बन्द गर्ने निर्णय गरेका हुन् ।

नयाँ नियम इयुका २६ देशसहित आइसल्याण्ड, लिचेस्टाइन, नर्वे र स्वीट्जरल्याण्डमा लागु हुने छ । तर बेलायती नागरिकमा भने नयाँ नियम लागु हुने छैन ।

इटाली र स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि इयुका देशहरुले सीमामा कडाइ गर्ने भएका हुन् । फ्रान्सले हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।

नयाँ नियमले गैर युरोपेली यात्रुलाई प्रभावित गर्ने भएको छ । लोमो समयदेखि बस्दै आएका, कूटनीतिज्ञ, युरोपेलीका परिवारका सदस्य, सीमा क्षेत्रका कर्मचारी, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने व्यक्तिमा भने नयाँ नियम लागु हुने छैन। एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित