- Loading...
कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय ३५ पुग्यो
- गोल्डेन खबर
- ४ साल अघि
- ११३ पटक पढिएको
कोरोना भाइरस (कोभिड-१९)बाट विश्वभर शनिबार एकैदिन ४ सय ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको संक्रमणबाट विश्वमा मर्नेको संख्या ५ हजार ८ सय ३५ पुगेको छ। कोरोना भाइरसको ‘इपिसेन्टर’ चीनमा शनिबार एक जना पनि नयाँ संक्रमित देखिएनन्।
शनिबार कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ। इटालीमा एकैदिन १ सय ७५ जनाको मृत्यु भएको छ।
शनिबार कोरोना भाइरसको संक्रमणबाट चीनमा १०, इरानमा ९७, दक्षिण कोरियामा ८, स्पेनमा ६३, जर्मनीमा १, फ्रान्समा १२, अमेरिकामा ८, स्वीट्जरल्याण्डमा २, बेलायतमा १०, नर्वेमा २, स्वीडेनमा १, नेदरल्याण्ड्समा २, डेनमार्कमा १, जापानमा १, बेल्जियममा १, ग्रीसमा २, स्लोभेनियमा १, आयरल्याण्डमा १, फिलिपिन्समा ३, इराकमा १, पोल्याण्डमा १, इन्डोनेसियामा १, बुल्गेरियामा १ र अल्जेरियामा १ जनाको मृत्यु भएको छ।
कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका १ लाख ५६ हजार ५ सय २० जनामा देखिएको छ, जसमध्ये ५ हजार ८ सय ३५ जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसका संक्रमितमध्ये ७५ हजार ९ सय १९ जना उपचार पश्चात निको भएर अस्पतालबाट घर फर्केका छन्।
हाल विश्वभर ७४ हजार ७ सय ६६ जना कोरोना भाइरसका संक्रमित विभिन्न देशका अस्पतालहरुमा उपचाररत छन्। यीमध्ये ५ हजार ८ सय ८८ जनाको अवस्था गम्भीर छ भने ६८ हजार ८ सय ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोना भाइरसका संक्रमित हालः विश्वका १ सय ५१ देशमा देखिएका छन्।
शनिबार एकैदिन इटालीमा कोरोना भाइरसका ३ हजार ४ सय ९७ नयाँ बिरामी थपिएका छन् भने इरानमा यो संख्या १ हजार ३ सय ६५ रहेको छ। शनिबार दक्षिण कोरियामा १ सय ८३, स्पेनमा १ हजार १ सय ५९, जर्मनीमा ९ सय २४, फ्रान्समा ८ सय ८, अमेरिकामा ५ सय ८९, स्वीट्जरल्याण्डमा २ सय ३६, बेलायतमा ३ सय ४२, नर्वेमा १ सय १३, स्वीडेनमा १ सय ४७, नेदरल्याण्ड्समा १ सय ५५, बेल्जियममा १ सय ३० र अष्ट्रियामा १ सय ५१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
शनिबार एकैदिन विश्वभर ११ हजार ३८ कोरोना भाइरसका नयाँ बिरामी देखिएका छन्।