FLASH NEWS
  • Loading...

कोरोना रोक्न उच्चस्तरीय समितिका १९ निर्णय : अन अराइभल भिसा रोक्नेदेखि सिनेमा हलमा नजान आह्वान

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १२२ पटक पढिएको
कोरोना रोक्न उच्चस्तरीय समितिका १९ निर्णय : अन अराइभल भिसा रोक्नेदेखि सिनेमा हलमा नजान आह्वान

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोक्न र नेपालमा फैलन नदिन उच्चस्चरीय समन्वय समितिले १९ बुँदे निर्णय गरेको छ।
रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको बिहीबार बसेको बैठकले मार्च १४ देखि लागू हुने गरी अन अराइभल भिसा रोक्नेदेखि सिनेमा हलमा नजान सार्वजनिक रुपमा आह्वान गर्नेसम्मका १९ बुँदे निर्णय गरेको छ। समितिले १४ मार्चदेखि अप्रिल ३० सम्मका लागि अन अराइभल भिसा रोक्ने निर्णय गरेको हो।

यसअघि नै भिसा लिइसकेको हकमा नेपालको आगमन विन्दुमा आइपुग्ने मितिभन्दा ७ दिन भित्रको स्वास्थ्य जाँच प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ। अति जरुरी अवस्थामा नेपाल आउनु परेमा पनि स्वास्थ्य जाँचको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने निर्णय पनि समितिले गरेको छ।

यस्तै, वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति पनि अर्को सूचना जारी नभएसम्मका लागि रोक्ने निर्णय भएको छ। विदेशमा अध्ययनका लागि जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिने काम पनि रोक्ने निर्णय भएको छ।

यसका साथै, ठूलो संख्यामा मानिसहरु भेला हुने सभा सम्मेलन, सिनेमा हल, सामाजिक कार्य एवं भेला नगर्न आह्वान गर्ने निर्णय पनि समितिले गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित