- Loading...
कोरोना भाइरसबाट भारतमा पहिलो व्यक्तिको मृत्यु
- गोल्डेन खबर
- ४ साल अघि
- ११० पटक पढिएको

कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एक जनाको ज्यान गएको छ ।
कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएको बीबीसीले जनाएको छ । कोरोनाको कारण भारतमा पहिलो व्यक्तिको ज्यान गएको हो । भारतमा अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।
यसैबीच इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । इटलीमा १५ हजार एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
भाइरसको उद्गमस्थल चीनले नयाँ सङ्क्रमण रोकिने क्रममा पुगेको भन्दै माहामारी नियन्त्रण भएको बताइरहँदा इरान, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका, स्विजरल्याण्ड, स्विडेन, डेनमार्क, अस्ट्रेलियालगायत देशमा भने सङ्क्रमण फैलिने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।
अहिलेसम्म विश्वका एक सय २६ देशमा फैलिएको कोरोना भाइरसबाट एक लाख ३४ हजार पाँच सय १९ जनामा सङ्क्रमण भएको छ । जसमध्ये झण्डै ६९ हजार जना निको भएर घर फर्किएका छन् । चार हजार ९ सय ७० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्न विभिन्न देशले यात्रामा प्रतिबन्ध तथा कडाइ, नाकाबन्द, भिडभाड हुने सार्वजनिक कार्यक्रम लगायत रोकेका छन् । एजेन्सी