FLASH NEWS
  • Loading...

आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस

  • गोल्डेन खबर
  • ४ साल अघि
  • २४७ पटक पढिएको
आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस

मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। यस वर्ष समानताको पुस्तास् अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन्।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मा्यता प्रदान गरिएको थियो। संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो।

यसपछि यो फेब्रुवरीको अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दियो १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो।

हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको पाईंदैन। यद्यपी महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ।

पहिलो पटकप नेपालमा त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको हो। त्यही समयमा प्रधानमन्त्री चन्द्रशमशेर थिए, जसले कानून बनाएरै सती प्रथा उन्मूलन गरेका थिए।

महिला दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको र अबका दिनमा आवधिक योजना तथा कार्यक्रममा समेत महिला सशक्तिकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकताका साथ लाग्न आग्रह गरेकी छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित