FLASH NEWS
  • Loading...

मलेसियाको प्रधानमन्त्रीमा मुहीद्दीन यासिन नियुक्त

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १५२ पटक पढिएको
मलेसियाको प्रधानमन्त्रीमा मुहीद्दीन यासिन नियुक्त

मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले पूर्वगृहमन्त्री मुहीद्दीन यासिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

महाथिर मोहमदले प्रधानमन्त्री पदबाट राजीनामा दिएको पाँच दिनपछि महाथिरकै पार्टीका मुहीद्दीन यासिनलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

यासिनलाई प्रधानमन्त्री नियुक्त गरिएसँगै दरबारबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ूपूर्व गृहमन्त्रीसमेत रहेका बेरसातु पार्टीका प्रमुख मुहीद्दीन यासिनलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको छ । उनलाई आइतबार शपथ ग्रहण गराइने छ ।

९४ वर्षीय महाथिरले राजीनामा दिएपछि विपक्षी पार्टीका ७२ वर्षीय अनवर इब्राहिमलाई प्रधानमन्त्री बनाउने पर्ने विषयमा चर्चा भए पनि राजाले भने शनिबार यासिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

पछिल्लो केही समयदेखि जारी राजनीतिक रस्साकस्सीकाबीच महाथिरले सोमबार दिउँसो एक्कासीु प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।

महाथिरले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न पदबाट राजीनामा दिएको बताएका थिए ।

सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाको प्रधानमन्त्री बनेका महाथिर पछिल्लो समय सन् २०१८ मा पुनः प्रधानमन्त्री बनेका थिए । चौथो प्रधानमन्त्रीका रुपमा २२ वर्ष मलेसियाको नेतृत्व गरेका महाथिरले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित