FLASH NEWS
  • Loading...

पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा गरिने श्रीस्वस्थानी व्रत सुरु

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १५१ पटक पढिएको
पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा गरिने श्रीस्वस्थानी व्रत सुरु

आजदेखि पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा गरिने श्रीस्वस्थानी व्रत सुरु हु“दैछ ।स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ हरेक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार सा“खुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको सुरुवात आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिएको समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

पूजारीसंग जल लिनुअघि हिजै व्रतालुले हातगोडाका नङ काटी शुद्ध बस्त्र पहिरिएका छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन् । व्रतालुले पौष शुक्ल पूर्णिमाका दिन आज बिहान शालिनदीमा गर्ने स्नानलाई माघस्नान भनिन्छ । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ । एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित