FLASH NEWS
  • Loading...

देउवा जिल्ला सभापतिहरुसँग छलफलमा, मसँग हार्ने पौडेलले बोलाएर तपाईहरु आउने ?

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १०४ पटक पढिएको
देउवा जिल्ला सभापतिहरुसँग छलफलमा, मसँग हार्ने पौडेलले बोलाएर तपाईहरु आउने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न जिल्ला सभापतिहरुसँग छलफल गर्नुभएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको निमन्त्रणमा काठमाडौं आएका जिल्ला सभापतिहरुसँग देउवाले भेटवार्ता गरेका छन् । देउवाले जिल्ला सभापतिहरुलाई चियापानका लागि निम्ता गरेका थिए । सभापति देउवासंगको भेटमा जिल्ला सभापतिहरुले आफ्नो सहमतिका कुरा राखेको जुम्ला जिल्ला सभापति दीपबहादुर शाहीले बताए । सदस्यता वितरणसम्बन्धि विधानको धारा निलम्बन गरेको र महाधिवेशनको कार्यतालिकाका विषयमा आफुहरुले असन्तुष्टि राखेको उनले बताए ।
दिनप्रतिदिन जिल्ला सभापतिहरुको हक कटौती भइरहेको विषयमापनि आफुहरुले कुरा राखेको उनले बताए । जिल्ला सभापतिहरुसँगको भेटमा देउवाले महाधिवेशनको मिति परिवर्तन गर्न नसकिने तर अरु विषयमा छलफल गरेर सहमतिको प्रयास गर्ने आश्वासन दिएको उनले बताए । वरिष्ठ नेता पौडेलले बोलाएको भेलामा आउने अनि मलाई नबोलाउने भनेर सभापति देउवाले चित्त दुखाएको उनले बताए । ‘मसँग हार्ने रामचन्द्र पौडेलले बोलाएर तपाईहरु आउने ? अनि त्यो बैठकमा आउँदै गर्दा मर्लाइ किन खवर गर्नुभएन ? तपाईहरु देखि मेरो चित्त दुख्यो ? सभापति देउवाको भनाई उदृत गर्दै शाहीले भन्नुभयो, ‘भोली तपाईहरु विरुद्ध लड्ने व्यक्तिले हारेपछि यसरी भेला बोलायो भने तपाईहरुको के हालत हुन्छ ?

ललितपुर जिल्ला सभापति मदन आमात्यले कांग्रेस एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको बताउनुभएको छ । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सभापतिले भागवण्डाका आधारमा नभएर स्वतन्त्र ढंगबाट निर्णय गर्नुपर्ने सुझाव दिनुभयो ।

वरिष्ठ नेता पौडेलले बेलाउनुभएको भेलामा सहभागि भएका जिल्ला सभापतिहरु र नभएको जिल्लाका सभापतिहरु पनि देउवासँगको भेटघाट कार्यक्रममा सहभागि हुनुहुन्थ्यो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संवादबाट सहमित र सहमतिबाट महाधिवेशन भन्ने भावना जिल्ला सभापतिहरुको रहेको बताउनुभयो । अहिलेको अवस्थामा पार्टी एकमत भएर अगाडी बढ्न जरुरी रहेको जिल्ला सभापतिहरुको निष्कर्ष रहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने, विभागहरुको संख्या ४७ पुयाउने निर्णय गरेपछि वरिष्ठ नेता पौडेल समूहले असन्तुष्टि थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित