FLASH NEWS
- Loading...
पौडेलले देउवाको ज्यादतीविरुद्ध,कठोर कदम चाल्न तयार
- गोल्डेन खबर
- ५ साल अघि
- १०१ पटक पढिएको
२१ पुस
काँग्रेसको असन्तुष्ट पक्षले संस्थापन पक्षसँग लड्ने रणनीति बनाएको छ ।
असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेलाले बहुमतका आधारमा एकलौटी पार्टी चलाउन खोजेको भन्दै देउवाविरुद्ध उभिने निर्णय गरेको हो । भेलामा सो समूहका ४२ जिल्ला सभापति सहभागी थिए । सानेपास्थित पार्टी कार्यालयमा सोमबार भएको भेलामा बोल्दै असन्तुष्टहरुको नेतृत्व गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाको ज्यादतीविरुद्ध उभिन आफू पक्षधरलाई निर्देशन दिए ।
नेता पोडेलले देउवा सहमतीय पद्दतीविपरीत गएकाले उनलाई देखाउन आफूहरु कठोर कदम चाल्न तयार हुनुपर्ने उल्लेख गरे । ‘विधानविपरीत एकलौटी निर्णयमा पार्टी चलाइएको छ’, पौडेलले भने, ‘म देउवाविरुद्ध लड्छ्, तपाईंहरु साथ दिन तयार हुनूस् ।’ बैठकमा महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहले काँग्रेस जोगाउन सबै एकजुट हुनुपर्ने बेला आएको बताए ।
प्रतिक्रिया दिनुहोस