FLASH NEWS
  • Loading...

उखु जोखेपछि रकम किसानको खातामा जाने ब्यवस्था गर्ने,वाणिज्य तथा आपूर्तिमन्त्री

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १४४ पटक पढिएको
उखु जोखेपछि रकम किसानको खातामा जाने ब्यवस्था गर्ने,वाणिज्य तथा आपूर्तिमन्त्री

अब उखु किसानले उखु बेच्चेबित्तिकै पैसा पाउने भएका छन् ।

बिहीबार राष्ट्रियसभामा जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु जोखेपछि रकम किसानको खातामा जाने ब्यवस्था गर्ने बताएका हुन् ।

उखु किसान र चिनी मिल तथा व्यवसायीको समस्या समग्र समस्या पत्ता लगाउन सरकारले कार्यदल गठन गरेको मन्त्री भट्टले बताए । साथै नयाँ मेसिनको लागी पनि सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
‘किसानको ऋण समस्या बाध्यताबारे अध्ययन गरेर मन्त्रालयमा ल्याउँछौं । त्यसपछि सरकारले आवश्यक कदम उठाउँछ’ उनले भने ।

उद्योगीका मागअनुसार विदेशी चिनी आयातमा प्रतिबन्ध लगाएको भन्दै मन्त्री भट्टले चिनी उद्योगीको समस्या पनि सरकारले हल गर्ने बताए । नेपालका चिनी मिलमा पुरानो मेसिन भएका कारण भारतमा जस्तो थोरै उखुले धेरै चिनी दिन नसकेको भन्दै त्यसमा पनि सुधार गर्नुपर्ने उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित