- Loading...
निवृत्तिभरण कोष विधेयक पारित
- गोल्डेन खबर
- ५ साल अघि
- ११७ पटक पढिएको
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । यस्तै बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ विचार गरियोस् भन्ने प्रस्ताव र अर्थमन्त्री डा।खतिवडाले ‘लेखा परीक्षण विधेयक २०७५’ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन समितिको प्रतिवेदनसहित निवृत्तिभरण कोष विधेयक, २०७५’ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘ज्येष्ठ नागरिकसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गरेका थिए । राष्ट्रियसभाको बैठक आजै पुनःबस्ने गरी स्थगन भएको छ ।