FLASH NEWS
  • Loading...

चरेशसहित पक्राउ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०५ पटक पढिएको
चरेशसहित पक्राउ

वीरगंज  । प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेश सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन् । बिहान साइकलमा भारतको रक्सौलतर्फ गईरहेका बेला चेकजाँच गर्दा निज मियाले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा पक्राउ गरिएको प्रहरी नायव निरिक्षक नकुलराज गौतमले  बताए । चरेश सहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । इनर्वा प्रहरीले एक महिना यता ३३ किलो चरेश सहित ९ भारतीयलाई पक्राउ गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित