FLASH NEWS
- Loading...
चिकित्सकद्धारा वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी
- गोल्डेन खबर
- ६ साल अघि
- १०६ पटक पढिएको

काठमाडौं । आन्दोलनरत सरकारी चिकित्सकहरुले शुक्रबार वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेका छन्। देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका उनीहरुले शुक्रबार बिहान करिव १० बजेतिर तालाबन्दी गरेका हुन् । स्थानीय तह मातहत राख्ने गरी आएको निजामती कर्मचारी ऐन सच्याउन सरकारलाई दवाव दिँदै आएका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सबै अस्पतालहरुको आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन। उनीहरुले वीर अस्पतालको टिकट काउन्टरमै तालाबन्दी गरेर आफ्नो सेवा बहिष्कार गरेका थिए। स्थानीय तहको मातहत रहने तथा आफूहरुको वृत्ति विकास समेत नहुने गरी ल्याएको सो ऐन सच्याउन सरकारलाई बाध्य पार्न एक दिन अस्पतालको सेवाहरु बहिष्कार गर्नु परेको सरकारी चिकित्सक संघ, नेपाल ९गोदान०का अध्यक्ष डा। दिपेन्द्र पाण्डेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस