FLASH NEWS
- Loading...
लिफ्ट चुडिँदा दुई मजदुरको मृत्यु
- गोल्डेन खबर
- ५ साल अघि
- ९५ पटक पढिएको
काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवन निर्माणका क्रममा लिफ्ट चुडिँदा घाइते भएका दुईजना मजदुरहरुको मृत्यु भएको छ । तर अस्पताल प्रशासनले उक्त घटनाबारे कुनै पनि जानकारी सार्वजनिक गरेको छैन । अस्पताल स्रोतका अनुसार बिहीबार साँझ सात बजे भवन निर्माणका क्रममा तीनजना मजदुर सामान सहित लिफ्टमा माथि जाँदै थिए । लिफ्ट चुडिदा तीनैजना घाइते भएका थिए । वीर अस्पताल परिसरमै रहेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लग्दै गर्दा दुईजनाको बाटोमै ज्यान गएको थियो । एकजनाको सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको त्यहाँ कार्यरत एक चिकित्सकले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस