FLASH NEWS
  • Loading...

कांग्रेस बैठक : बस्दै नबसी स्थगित

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ८६ पटक पढिएको
कांग्रेस  बैठक  : बस्दै नबसी स्थगित

काठमाडौं ।  महासमिति बैठकले दिएको निर्देशन अनुसार विधानलाई परिमार्जन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति नजुट्दा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ। केन्द्रीय सदस्यहरु महाधिवेशन प्रतिनिधि हुन क्रियाशिल सदस्यता रहेकै ठाउँबाट चुनिएर आउनु पर्ने व्यवस्थासहित विधानलाई अन्तिम रुप दिन महासमितिले म्याण्डेट दिए पनि सभापति शेरबहादुर देउवा नै त्यसको विपक्षमा उभिए पछि विवाद बल्झेको हो। गएको मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा चलेको महासमिति बैठकले केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाउन निर्देश दिएपछि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसैअनुसार विधानलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका थिए। आज  दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाए पनि अनौपचारिक रुपमा सहमति जुटाउन सभापति देउवाको कार्यकक्षमा बसेको वर्तमान तथा पूर्वपदाधिकारीको बैठकमा सहमति जुटुन सकेन। वर्तमान तथा पूर्वपदाधिकारीको बैठकमा सहमति नजुटेपछि केन्द्रीय समिति बैठक बस्दै नबसी आइतबार सम्मका लागि स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित