- Loading...
ने क पाको कार्यदलको बैठक शुक्रबार पनि बस्ने
- गोल्डेन खबर
- ५ साल अघि
- १२६ पटक पढिएको
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ने क पाको कार्यदलले पार्टीको तल्लो तहको एकताका लागि सुझाव प्रतिवेदन पेशलगायत आफूलाई दिएको कार्यभार पूरा गर्न थप समय माग गरेको छ । कार्यदलले आफूलाई दिइएको १५ दिन र पटकपटक गरि थपिएको करिब डेढ महिनासम्म पनि कार्यभार पूरा गर्न नसकेपछि उसलाई हस्तक्षेप गर्दै केन्द्रीय सचिवालयले बिहीबार बोलाएको संयुक्त बैठकमा कार्यदलले समय माग गरेको हो ।
बैठकमा सहभागि कार्यदलका सदस्य बेदुराम भुषालका अनुसार बिहीबारको बैठकमा कार्यदलका तर्फबाट सुरेन्द्र पाण्डे र उर्जामन्त्री वर्षमान पुन बाहेक सबै सदस्यले एकताका प्रक्रियामा देखिएका व्यवधान र जटिलताका बारेमा ब्रिफिगं गरेका थिए । कार्यदलमा पाण्डे, पुन, भुषालसहित गृहमन्त्री रामबहादुर थापा बादल, पार्टी महासचिव विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यन्त्री एवं पार्टी प्रदेश इन्चार्ज शंकर पोखरेल, योगेश भट्राई र लेखराज भट्ट छन् ।
कार्यदलका सदस्यहरुको धारणा सुनिसकेपछि एकताबारे छलफल गर्न आवश्यक भएको भन्दै उनीहरुलाई पठाएर सचिवालय सदस्यहरुले समेत केहीबेर छलफल गरेको र शुक्रबार फेरि आफूहरुको बस्ने जानकारी सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए । स्थायी कमिटि बैठकबाट पुस १३ गते गठित ९ सदस्यीय कार्यदलले निर्धारित समय पुस मसान्तसम्म एकताका लागि सुुझावसहित स्पष्ट प्रतिवेदन निर्माण गर्न नसकेपछि उसलाई थप समय दिइएको थियो।
तर त्यो अवधिमा पनि कार्यदलले एकता लगायत प्रक्रियाको स्पष्ट सुझाव प्रतिवेदन निर्माण गर्न नसकेपछि बिहीबार कार्यदल र सचिवालयको संयुक्त बैठक बसेको हो। कार्यदललाई तल्ला र जनवर्गीय संगठनको एकताको प्रस्ताव तयार, विधानका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णय हेरफेर गर्ने, केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्ताव तयार गर्ने जिम्मेवारी दिइएको थियो।