FLASH NEWS
- Loading...
दिल्लीको एक होटलमा आगलागी, १७ जनाको मृत्यु
- गोल्डेन खबर
- ६ साल अघि
- १५० पटक पढिएको

भारत । भारतको राजधानी दिल्लीमा करोल बाग क्षेत्रमा रहेको एक होटलमा आगलागी हुँदा कम्तिमा १७ जनाको ज्यान गएको छ । आगलागीको कारण थाहा भएको छैन र अनुसन्धान जारी रहेको सरकारी अधिकारीले बताएका छन्। होटल अर्पित प्यालेसमा मंगलबार बहिान साढे चार बजे आगलागी भएको हो ।आगो नियन्त्रणमा लिनका लागि २० भन्दा बढी बारुणयन्त्र प्रयोग गरिएको थियो । अग्निनियन्त्रकले होटलबाट ३५ जनालाई सकुशल उद्धार गरेका छन् । केही घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।आगलागी भएपछि धेरैले होटलको छतबाट हामफालेर ज्यान जोगाउने प्रयास गरेका थिए ।अहिले आगो नियन्त्रणमा आएको छ र क्षतिको पूर्ण विवरण संकलन भइरहेको सरकारी अधिकारीले जानकारी दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस