FLASH NEWS
  • Loading...

सरकारी चिकित्सक आजपनि सडकमा

  • गोल्डेन खबर
  • ५ साल अघि
  • १२६ पटक पढिएको
सरकारी चिकित्सक  आजपनि सडकमा

ठमाडौं ।  कर्मचारी समायोजन अध्यादेशको विरोधमा आइतबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका सरकारी चिकित्सक संघले आज पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ । संघको अगुवाईमा आज माईतिघरमण्डलामा चिकित्सकहरुले विरोध प्रदर्शन गरेका हुन् । पुष २९ गते स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघबीच माग सम्बोधनको गर्न समिति गठन गर्ने सहमति भएपछि चिकित्सकले आन्दोलन स्थगित गरेका थिए ।तर एक महिनासम्म पनि मन्त्रालयले सहमति कार्यान्वयनतर्फ चासो नदेखाएको भन्दै आइतबारदेखि संघले दोस्रो चरणको आन्दोलन थालेको हो ।सरकारी चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा। निपेन्द्र पाण्डेले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई जारी राखिने बताए । चिकित्सकको मागलाई सरकारले  बेवास्ता गरे सम्पूर्ण चिकित्सकले राजीनामा दिनेपनि उनले चेतावनी दिए । यता मन्त्रालयले भने कर्मचारी समायोजन अध्यादेशको विषय सामान्य प्रशासन मन्त्रालयले हेर्ने हुँदा मन्त्रालयलाई चिकित्सकको मागको बारेमा जानकारी गराई सकेको जवाफ दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित