- Loading...
नेविसंघका अध्यक्ष महरले राजीनामा दिदै
- गोल्डेन खबर
- ५ साल अघि
- ९८ पटक पढिएको
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् ।
पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले राजीनामा दिन लागेको बताइएको छ।
काँग्रेस केन्द्रीय समिति बैठक सोमबार पार्टी कार्यालय सानेपामा बसिरहेको छ । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने काँग्रेसको तयारी छ । तर, अहिले महरले राजीनामा नदिएकाले बैठकले ठोस रुपमा निर्णय लिन सकेको छैन । नेविसंघ निकट स्रोतका अनुसार महरले आजै पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठककै बीच राजीनामा बुझाउन लागेका छन् । ्
नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भंग हुनेछ । माघ २४ गतेको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव समेत पेश गरेका थिए । नेविसंघको वर्तमान कार्यसमितिले दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न नसकेपछि माउ पार्टी भङ्ग निर्णयमा पुगेको बुझिएको छ ।