FLASH NEWS
- Loading...
निर्मलाको हत्यारा जहाँ भए पनि छाडिन्न : गृहमन्त्री थापा
- गोल्डेन खबर
- ५ साल अघि
- १०५ पटक पढिएको
काठमाडौं ।निर्मला पन्त हत्याको हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यो प्रकरणमा सरकार गम्भीर भएर अनुसन्धान गरिरहेको बताए । नेपाली कांग्रेस सांसद डिला संग्रौलाले निर्मला पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ रु भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।गृहमन्त्री थापाले अपराधीलाई राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानुनको कठघरामा ल्याएरै छाड्ने पनि प्रतिवद्धता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस