FLASH NEWS
  • Loading...

सांसद निलम्बनमा परेपछि बजेट फ्रिज हुँदै

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ११४ पटक पढिएको
Post Thumbnail

वीरगञ्ज । पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि सो क्षेत्रको संसदीय समितिको बैठक अन्योलमा परेकाले संसदीय विकासको करीब रु चार करोड बराबरको बजेट फ्रिज हुने भएको छ । सो क्षेत्रमा रहेको संसदीय विकास कोषको बजेट सञ्चालन गर्न उक्त क्षेत्रका सांसदको अध्यक्षतामा योजना छनोट गरी पुस मसान्तभित्र निर्णय गरी केन्द्रमा पठाउनुपर्ने प्रावधान रहे पनि सांसद रौनियारको पद निलम्बनमा परेपछि योजना छनोट हुन नसक्दा सो क्षेत्रको बजेट फ्रिज हुने सम्भावना बढेको जिल्ला समन्वय समिति पर्साले जनाएको छ । संसद् सचिवालयबाट सत्ता साझेदारी दल सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट निर्वाचित सांसद रौनियार निलम्बनमा परेको पत्र आएपछि संयोजकबारे सङ्घीय समाजवादी फोरम नेपाल र नेकपाका सांसदबीच विवाद हँुदा बैठक बस्न नसक्दा योजना छनोट हुन नसकेको सांसद पुष्पा कर्णले बताए । पर्सा क्षेत्र नं ३ को संसदीय बजेट सञ्चालन गर्ने समयसीमा सकिएकाले रु चार करोड बजेट चलाउन नसकिने अवस्था आएकाले उक्त रकम फ्रिज हुने सम्भावना बढेर गएको पर्साका जिल्ला समन्वय अधिकारी हरि लम्सालको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित