FLASH NEWS
  • Loading...

मेक्सिकोसँगको सीमामा अमेरिकाले सुरक्षाकर्मी तैनाथ गर्ने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १५७ पटक पढिएको
मेक्सिकोसँगको सीमामा अमेरिकाले सुरक्षाकर्मी तैनाथ गर्ने

एजेन्सी । अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप कडा बनाउने भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप दुई हजार सुरक्षाकर्मी तैनाथ गर्ने भएको हो । सीमा क्षेत्रबाट हुने आप्रवासीको अवैध प्रवेशलाई रोक्नका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा व्यवस्था कडा पार्दै आएको छ । थप गरिएकासहित मेक्सिकोसँगको सीमा क्षेत्रमा तैनाथ हुने सुरक्षाकर्मीको संख्या ४३ सय भन्दा बढी हुने भएको छ ।

सुरक्षाकर्मीले सीमा सुरक्षा गार्डलाई काममा सहयोग गर्ने पेन्टागनले जनाएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्तावित सीमा पर्खालका लागि सरकारी कोषबाट रकम लिनका लागि कांग्रेससँग संघर्ष गरिरहेका बेला रक्षा मन्त्रालयले थप सुरक्षाकर्मी सीमामा तैनाथ गर्ने निर्णय गरेको हो । राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्नका लागि सीमा पर्खाल खाँचो रहेको बताउँदै आएका छन् । यस्तै उनले सीमा क्षेत्रमा सुरक्षा सतर्कता पनि बढाउँदै आएका छन् ।

सीमा पर्खालका लागि सरकारी कोषबाट रकमको व्यवस्था हुनु पर्ने ट्रम्पको अडान तथा डेमोक्र्याटिक पार्टीको त्यसविरुद्धको अडानका कारण ३५ दिनसम्म आंशिक संघीय सरकारी कार्यालयको काम प्रभावित भएको थियो ।फेब्रुअरी १५ सम्मका लागि सरकारी कार्यालयको कार्यसञ्चालनका लागि बजेटको व्यवस्था भएको छ । यो बिचमा सहमति नजुटेमा फेरि काम प्रभावित हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित