FLASH NEWS
  • Loading...

सरकारका लागि अहिले काम गर्ने उचित समय : वरिष्ठ नेता पौडेल

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०८ पटक पढिएको
Post Thumbnail

पाल्पा ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताएका छन्  ।
प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाए । उनले सरकारलाई काम गर्न उचित समय भए पनि बहुमतको दम्भका कारण काम हुन नसकेको बताए । वर्तमान सरकारले विकास, सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्न नसकेको उनको आरोप थियो ।
उनले संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा संवैधानिक परिषद्बाट हुने कानूनी व्यवस्था रहे पनि विपक्षीदलको नेताको अनुपस्थितिमा भएकोप्रति आक्रोशत व्यक्त गरे ।  नेता पौडेलले सरकारको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भए पनि गुणस्तरीय सेवा पाउन नसकेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित