FLASH NEWS
- Loading...
इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प
- गोल्डेन खबर
- ५ साल अघि
- ११७ पटक पढिएको
जकार्ता । इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन् । पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प ६ दशमलब ४ म्याग्नीच्यूडको थियो । भूकम्पका कारण हुनसक्ने धनजनको क्षतिको विवरण प्राप्त नभएको इन्डोनेसियाली विपद निकायले जनाएको छ । अर्को भूकम्प मध्य इन्डोनेसियाको पूर्वी टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको थियो । उक्त भूकम्प ६ दशमलब ७ म्याग्नीच्यूडको थियो । दुबै भूकम्प लगत्तै स–साना भूकम्पका धक्का महसुस गरिएको इन्डोनेसियाको जलवायु विज्ञान विभागका प्रियो बुडीले बताए ।
प्रतिक्रिया दिनुहोस