FLASH NEWS
- Loading...
डा. केसी आइसियूबाट जनरल वार्डमा
- गोल्डेन खबर
- ६ साल अघि
- ८६ पटक पढिएको
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेका अनशनरत डा. गोविन्द केसीलाई आइतबार आइसियुबाट जनरल वार्डमा सारिएको छ। डा .केसीले आइसियुमा बस्न नमानेका कारण उनलाई जनरल वार्डको ५०२ नम्बर बेडमा सारिएको उनका सहयोगी किशोर केसीले जानकारी दिए। डा. केसीले आइसियू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भनेर अन्यत्र सार्न आग्रह गरेअनुसार उनलाई त्यहाँ सारिएको उनले बताए। सहयोगी केसीका अनुसार अहिले डा. केसीको स्वास्थ्यका केही सुधार देखिएको छ। आइसियुमा उपचाररत केसीको सेतो रक्तकोषिका न्यून भएको तथा मुटुको अवस्था सामान्य हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
प्रतिक्रिया दिनुहोस