FLASH NEWS
  • Loading...

संवैधानिक परिषद्को बैठक बस्दै

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९९ पटक पढिएको
संवैधानिक परिषद्को बैठक बस्दै

 काठमाडौं । संवैधानिक परिषद्को बैठक  आज बस्ने भएको छ ।  विभिन्न आठवटा संवैधानिक निकायका प्रमुख र सदस्य नियुक्ती गर्नका लागि संवैधानिक परिषद्को बैठक दिउसो ४  बस्न लागेको हो। यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुपस्थितिका कारण बैठक बस्न सकेको थिएन। सरकारले  बैठक प्रधामनमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सिंहदरवारमा डाकिएको प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। आठ वटा नयाँ र केही पुराना संबैधानिक निकायका अध्यक्ष र सदस्य नियुक्ती गर्ने तयारी भएको परिषद स्रोतले जनाएको छ।  संवैधानिक परिषदले नेपालको संविधानले व्यवस्था गरेका थारु आयोग, मुस्लिम, मधेसी, आदिवासी जनजाती, समावेशी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, महिला र दलित आयोगका प्रमुख र सदस्यको नियुक्ती गर्ने तयारी भएको गरिएको परिषद्ले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित