FLASH NEWS
  • Loading...

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई अगाडि बढाऔं : प्रधानमन्त्री ओली

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९७ पटक पढिएको
Post Thumbnail

काठमाडौं । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र अगाडि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन्। आज  प्रतिनिधिसभामा सांसद मिनेन्द्र रिजालले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो  बताएका हुन् ।  सांसद रिजालले यथावत् राख्ने की नराख्नेरु भन्ने अनौठो प्रश्न गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई यथावत् नराख्ने बताए। उनले त्यसलाई यथावत नराखेर अगाडि बढाउने समेत बताए। उनले यसबारेमा नेपाली काँग्रेसका नेताहरूसँग बिहिवार बेलुकीसम्म कुरा गरेको बताए। ुहिजो  नेपाली कांग्रेसका नेताहरू सभापति शेर बहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेको प्रधानमन्त्री ओलीले  बताए । हिजो नै  बिजय गच्छदारसँग समेत छलफल गरि कसरी प्रभावकारी बनाउनेरु त्यसरी अगाडी बढाउ भनेर छलफल भएको  उनले बताए । जिपी कोइरालाका बारेमा  श्वासप्रश्वास केन्द्र मात्र नचल्ला  भन्दा  त्यसलाई चल्नेगरी चलाउन के गर्ने भन्दा नेपाली कांग्रेसका नेताले भारतले बजेट दिन्छ भनेको उनले बताए। भारतले  बजेट दिन्छ भने  सरकारका तर्फबाट कार्यक्रम अगाडि बढाएर जाने बताए । नेपाल सरकारले बजेट ब्यवस्था गरेर जानुपर्ने  प्रधानमन्त्री ओली बताए ।  यसैगरी शुसिल कोइराला परोपकार क्यान्सर अस्पतालसँग जोडिएको संस्था अलिक बिवादमा भएकाले यसबारे थप छलफल गरेर अगाडी बढ्ने प्रधानमन्त्री ओलीले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित