FLASH NEWS
- Loading...
खप्तड गोल्डकपमा आज संकटा र पुलिस भिड्दै
- गोल्डेन खबर
- ६ साल अघि
- १०८ पटक पढिएको
धनगढी । कैलालीको धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको अन्तिम सेमिफाइनलमा संकटा क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। खेल आज दिउँसो २ बजे धनगढी रंगशालामा हुने छ। आजको खेलमा विजयी टोलीले उपाधिका लागि शनिबार हुने फाइनल खेलमा थ्री स्टार क्लबको सामना गर्ने छ। थ्रीस्टनार बुधबार भएकोे सेमिफाइनलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले टिमले १० लाख रुपैयाँ प्राप्त गर्नेछ। विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।
प्रतिक्रिया दिनुहोस