- Loading...
समायोजन हुन ७५ हजार कर्मचारीले भरे
- गोल्डेन खबर
- ६ साल अघि
- ९९ पटक पढिएको
काठमाडौं । समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले आफ्नो नाम दर्ता गराएका छन् । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन अनलाइनमार्फत नाम दर्ता गराएका हुन् । बुधबार राति १२ बजेसम्ममा झण्डै ७५ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम दर्ता गरेको कर्मचारी समायोजन तथा संगठन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिए। सबैभन्दा धेरै कर्मचारीले स्थानीय तहमा समायोजन हुन फारम भरेको सहसचिव पनेरुले बताए। तीन लाख ४५ हजार २ सय २५ जनाले स्थानीय तह, ५८ हजार ६ सय २३ जनाले प्रदेश र ४६ हजार २ सय ७० जनाले संघमा समायोजन हुन फारम भरेका उनले जानकारी दिए । यस्तै ५ हजार भन्दा बढीले फाराम भरे पनि कुन तहमा जाने भनेर रोज्न बाँकी छ । सहसचिव पनेरुले समायोजन हुन आएका आवेदनका आधारमा आजैदेखि विवरण संकलन गरेर खटाइने कर्मचारीको तालिका बनाइने र त्यसको सेवा समूह सञ्चालन गर्ने जिम्मेवारी मन्त्रालयले लिने जानकारी दिए । मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ ।