FLASH NEWS
  • Loading...

राष्ट्रियसभामा तीन विधेयक पेश, एक विधायन समितिमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९९ पटक पढिएको
राष्ट्रियसभामा तीन विधेयक पेश, एक विधायन समितिमा

काठमाडौं ।  राष्ट्रियसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो प्रस्ताव पेश गरेका थिए । यसैगरी अर्थमन्त्री खतिवडाले ‘नागरिक लगानी को(दोस्रो संशोध) विधेयक, २०७५’ सभासमक्ष पेश गरेका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका तर्फबाट अर्थमन्त्री खतिवडाले ‘विज्ञापन (नियमन गर्) विधेयक, २०७५’ लाई सभासमक्ष पेश गरेको हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिकसम्बन्धी(पहिलो संशोध) विधेयक, २०७५’ लाई सभासमक्ष पेश गरेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित