FLASH NEWS
  • Loading...

पुटिनसँगको कुराकानीसम्बन्धी विवरण लुकाएको छैन :राष्ट्रपति ट्रम्प

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११२ पटक पढिएको
पुटिनसँगको कुराकानीसम्बन्धी विवरण लुकाएको छैन :राष्ट्रपति  ट्रम्प

 एजेन्सी । रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको कुराकानीसम्बन्धी विस्तृत विवरण लुकाएको भन्ने आरोप  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले  अस्वीकार  गरेका छन्। निर्वाचनका बेला आफूले कुनै पनि गतिविधि गोप्य नराखेको उनको जिकिर छ।  अमेरिकी पत्रिका द–वाशिङटन पोस्ट पत्रिकाका अनुसार सन् २०१७ मा पुटिनसँग भएको कम्तीमा एउटा भेटवार्तापछि ट्रम्पले आफ्ना अनुवादकका टिपोट आफैँसँग राखेका थिए। सन् २०१६ को चुनावअघि पुटिनसँगको ट्रम्पको सम्बन्धको कुरा हाल संघीय छानबिनको दायरामा छ।  संघीय अनुसन्धान निकाय एफबीआईका पूर्वप्रमुख रोबर्ट म्युलर नेतृत्वको टोलीले ट्रम्पको चुनावी अभियान समूह र मस्कोबीच साठगाँठ भए नभएको र ट्रम्पलाई जिताउन उसले सघाए वा नसघाएकोबारे अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ।  आफूले कैयौँ विश्व नेताहरूसँग भेटवार्ता गरे पनि पुटिनसँगको वार्ताबारे मात्रै चर्चा हुने गरेको ट्रम्पको गुनासो छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित