FLASH NEWS
  • Loading...

१६ औं पटक अनसन बसेका डा‍‍.केसीको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०७ पटक पढिएको
१६ औं पटक अनसन बसेका डा‍‍.केसीको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना

इलाम । इलाममा छ दिनदेखि अनसनरत डा। गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको छ । केसीको छाती र मुटुमा समस्या देखिए पछि आज बिहान इलाम अस्पताल लगिएको हो। उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ। चिकित्सा शिक्षा सुधारका लागि सरकारसँगका सम्झौता कार्यान्वयनको माग राखी डा। केसी १६ औं पटक बुधबारदेखि अनशनरत थिए। अनशनको पाँचौं दिन आइतबार केसीको छातीमा समस्या देखिएको जिल्ला अस्पतालको चिकित्सक टोलीले बताएको थियो। उनी शनिबारदेखि उठ्न सकेका छैनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित