FLASH NEWS
  • Loading...

प्रतिनिधिसभाद्वारा विभिन्न ३ वटा विधेयक पारित

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९८ पटक पढिएको
प्रतिनिधिसभाद्वारा विभिन्न ३ वटा विधेयक  पारित

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकले    विभिन्न ३ वटा विधेयकलाई सर्वसम्मति पारित गरेको छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन ) विधेयक २०७५, भुक्तानी तथा फस्र्यौट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५लाई सर्वसम्मति पारित गरेको हो । अब यी विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि ऐन बन्नेछन् र प्रमाणिकरण भएकै दिन देखि लागु हुनेछन् ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संसोधन प्रतिवेदन सहित संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ र अर्थसमितिको प्रतिवेदन सहित भुक्तानी तथा फस्र्यौट विधेयक २०७५ र निवृत्तभरण कोष विधेयक २०७५ सर्वसम्मति पारित भएको हो ।  बैठकमा सरकारले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ लाई पेस गरेको छ । सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापाले राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ प्रस्तुत गरेका हुन् । राष्ट्रिय परिचयपत्र पञ्जीकरण विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले पेस गरेको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि गृहमन्त्री थापाले सो विधेयक बैठकमा पेस गरेका थिए। अर्को बैठक माघ ४ गते शुक्रबार १२ बजेका लागि बोलाइएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित