FLASH NEWS
  • Loading...

तलब भत्ता सरकारी बैंक मार्फत पठाउन सांसदहरूको माग

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०४ पटक पढिएको
तलब भत्ता  सरकारी बैंक मार्फत  पठाउन सांसदहरूको माग

 काठमाडौं  । सांसदहरूको तलब भत्ता पठाउने व्यवस्थाका लागि खोलिएका खाता सरकारी बैंकमा हुनुपर्ने प्रतिनिधिसभामा सांसदहरूले माग गरेका छन्। प्रतिनिधिसभाको आनको बैठकमा सांसदहरू शशी श्रेष्ठ र बिनाकुमारी श्रेष्ठले सांसदहरूको तलब र भत्ता दिने व्यवस्था तथा अन्य कारोबार सरकारी वा सरकारको स्वामित्व भएको बैंकबाट गर्न माग गरेकी छन्। शून्य समयमा सांसदद्वयले निजी र विदेशी लगानी रहेको एभरेस्ट बैंक लिमिटेडबाट सांसदहरूलाई भत्ता उपलब्ध गराउने व्यवस्था रोक्न माग गरेका छन्।  संघीय संसद सचिवालयले हाल संघीय सांसदहरूको तलब र भत्ताका लागि एभरेष्ट बैंकमा खाता खोलेर रकम पठाइरहेको छ। सरकारी बैंकहरू र सरकारको स्वामित्व रहेको बैंक हुँदाहुँदै पनि किन निजी र विदेशी लगानी रहेको एभरेष्ट बैंकमा खाता खोलिएको हो र किन त्यहाँबाट रकम पठाइयो भनेर संसदमा प्रश्न उठेको हो। सांसदहरूले अहिले भएको रकम पठाउने व्यवस्था परिवर्तन गर्न माग गरेका हुन्। संसद बैठकको शून्य समयमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका कुरा, निर्मला बलात्कार र हत्यामा भएको ढिलाइ तथा डा। गोविन्द केसीको १६औँ अनशनका विषयमा पनि कुरा उठाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित