- Loading...
चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेश
- गोल्डेन खबर
- ६ साल अघि
- १९९ पटक पढिएको

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्बन्धी संसदको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन संसदमा पेश भएको छ । आइतबारको संसद बैठकमा संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले विधेयक संसदमा पेश गरेकी हुन् ।संसदको गत भदौ १३ गतेको बैठकले चिकित्सा शिक्षा विधेयकमाथि प्राप्त संशोधनसहित दफाबार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो । समितिले असोज ११ गते विधेयकमाथि परेका संशोधन र सरोकारवालासँग छलफल गरी प्रतिवेदन पेश गर्न १० सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले १५ वटा बैठक गरी शिक्षा तथा विज्ञान प्रविधिमन्त्री, संशोधन पेश गर्ने सांसद र विज्ञसँगसमेत छलफल गरी पुस २३ गते समितिलाई प्रतिवेदन बुझाएको थियो । त्यसपछि उक्त प्रतिवेदनलाई पुस २५ गते शिक्षा तथा स्वास्थ्य समितिको बैठकले पुस २५ गते बहुमतले पारित गरेको थियो । समितिबाट पारित भएको विधेयक सरकारले आफूसँग गरेको सहमतिविपरीत भएको भन्दै पुस २५ देखि नै डा। गोविन्द केसी अनशनमा छन् ।