FLASH NEWS
  • Loading...

डीएनए परीक्षणका लागि निर्मलाकी आमाले दिइन् रगतको नमूना

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९९ पटक पढिएको
डीएनए परीक्षणका लागि निर्मलाकी आमाले दिइन् रगतको नमूना

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको भनिएको ‘भजाइनल स्वाब’को वैधानिकता जाँच्न उनकी आमाको डीएनए टेष्ट गरिने भएको छ ।यसका लागि आमा दुर्गादेवीले महाकाली अञ्चल अस्पतालमा पुगेर रगतको नमुना दिएकी छन् । १० साउनमा साथी रोशनी बम कहाँ पढ्न गएकी निर्मलाको शव भोलिपल्ट विहान बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो । घटनामा संलग्न अहिलेसम्म पक्राउ गरेका छैनन् । घटनामा संलग्न रहेको आशंकामा थुप्रै मानिस पक्राउ परेपनि डीएनए टेष्ट नमिलेपछि सबै छुटेका छन् । यसले निर्मलाको शवबाट संकलन गरिएको ‘भजाइनल स्वाब’को वैधानिकतामाथि प्रश्न उठेको छ ।प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट आएको डीएनए प्रोफाइल जाँच गरिपाउँ भन्दै दुर्गादेवी बिहान जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर पुगेकी थिइन् । त्यहाँ प्रहरी प्रमुख एसपी कुवेर कडायत, अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक ९डीएसपी० कृष्णराज ओझालगायतले रगत निकाल्ने काम अस्पतालमा मात्रै हुने बताएपछि उनलाई महाकाली अस्पताल लगिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित