FLASH NEWS
  • Loading...

सरकार सांसदप्रति उत्तरदायी भएन : कांग्रेस प्रमुख सचेतक खाँण

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९६ पटक पढिएको
सरकार सांसदप्रति उत्तरदायी भएन : कांग्रेस प्रमुख सचेतक खाँण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सांसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको सुरुवादमै कांग्रेसका सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद खाँणलाई बोल्न समय  दिएका थिए।

सांसद खाँणले प्रतिनिधिसभा नियमावलीमा सभामुखको अनुमतिले प्रधानमन्त्री तथा मन्त्रीले सार्वजनिक वक्तव्य दिइसकेपछि सांसदले समय माग गरेर प्रश्न गर्न पाउने व्यवस्था रहेको उल्लेख गरे । यही पुस २२ गते बैठकमा बोल्नका लागि समय माग गर्दा पनि समय नदिएकोप्रति गुनासो गर्दै उनले सरकार सांसदप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् ।

सांसद खाँणले भने, “सांसदले प्रश्न सोध्दा प्रधानमन्त्री र मन्त्रीले किन जवाफ दिनुहुन्न, हामीले नेपाली जनताको तर्फबाट प्रश्न सोध्ने हो, यसमा हाम्रो गम्भीर आपत्ति छ । सभामुखले सांसदको अधिकारको रक्षा गर्नुपर्छ भन्ने आग्रह छ ।” प्रधानमन्त्री र मन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ नदिए बैठक अवरोध गर्ने उनले ध्यानाकर्षण गराए । सांसद खाँणको भनाइप्रति सभामुख महराले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिँदा जवाफ दिन निर्देशन दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित