FLASH NEWS
  • Loading...

चितवनमा चरा गणना शुरु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९६ पटक पढिएको
चितवनमा चरा गणना शुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा चरा गणना सुरु भएको छ ।विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो। चराविद् चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गर्न लागेका हुन् ।चराविद् टीका गिरीका अनुसार हरेक वर्ष जनवरी शुरु भएपछि विश्वभर चरा गणना हुने गर्छ।

यसपटक जनवरी ५ देखि २० सम्म चरा गणना गरिने छ । चरा र तीनको वासस्थानको अवस्थाबारे अध्ययन र अनुसन्धानका लागि चरा गणना हुने गरेको उनले बताए।पानीमा आश्रित चरासँगै अन्य चराको बारेमा समेत खोजी गरिन्छ। चितवनको ढुङ्ग्रे खोला, बूढी राप्ती, बिसहजारी ताल, गरुड ताल, पटना ताल, तमोर ताल, लामी ताल, हेटौँडालगायतका स्थानमा चरा गणना गरिने उनले बताए।

वर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार मङ्गलबार चितवन राष्ट्रिय निकुञ्जको जिन्दगानी घाँटदेखि सौराहासम्म चरा गणना गरिएको छ । त्यस्तै आज सौराहादेखि कसरासम्म गणना गरिने कार्यक्रम रहेको छ।गणनाका लागि चराको बारेमा ज्ञान भएका नेचर गाईड सहभागी छन्। मानवीय लापर्वाहीका कारण वासस्थानमा परेको असरले चरा सङ्कटमा परेको चराविद्ले बताएका छन्।

विश्वमा सन् १९६७ देखि शुरु भएको चरा गणना नेपालमा सन् १९८७ देखि शुरु भएको हो। सोही वर्षदेखि चितवनमा पनि चरा गणना थालिएको हो।पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन्। चितवनमा मात्र ६३६ प्रजातिका चरा पाइने बिडारीले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित