FLASH NEWS
  • Loading...

३० हजार कर्मचारीको विवरण अद्यावधिक

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०६ पटक पढिएको
३० हजार कर्मचारीको विवरण अद्यावधिक

काठमाडौं ।  कर्मचारी समायोजनका लागि करिब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् ।कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी गराए । उनका अनुसार वर्षेनी विवरण अद्यावधिक नगर्नेले पनि अहिले समायोजनमा जाने भएपछि अद्यावधिक गरिरहेका छन् ।

कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराइरहेका छन् । अहिले दैनिक हजार कर्मचारी आफै आएर विवरण अद्यावधिक गराउने गरेका छन् ।उनीहरुले आफै आएर वा अनलाइनबाट विवरण अद्यावधिक गराइरहेका छन् । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याएर यही पुसभित्र कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दैछन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले अहिलेसम्म २० हजार ५०० कर्मचारीले समायोजन रोजिसकेको बताउनुभयो । यस्तै ३८ हजार कर्मचारीले अनलाइनमा गएर फारम भरिसकेका र अभिलेखीकरण गर्न बाँकी रहेका छन् ।समायोजनका लागि अनलाइन फारम भरिसकेपछि मन्त्रालयले योग्यताको आधारमा समायोजनको नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित