FLASH NEWS
  • Loading...

किन बढ्यो सम्बन्ध विच्छेदका मुद्दा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०८ पटक पढिएको
किन बढ्यो सम्बन्ध विच्छेदका मुद्दा

भीमदत्तनगर ।  गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएसँगै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । विगतको भन्दा तुलनात्मकरूपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको कञ्चनपुर जिल्ला अदालत महेन्द्रनगरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । अदालतमा सम्बन्ध विच्छेदका ४९ मुद्दा दर्ता भएका छन् जसमा २५ मुद्दा पुरुषले दर्ता गरेको अदालतले जनाएको छ ।
पुरानो मुलुकी ऐन विस्थापित भएर नयाँ मुलुकी देवानी संहिता ऐन लागू भएयता सम्बन्ध विच्छेदका लागि पुरुष पनि अदालत धाउन थालेका छन् । नयाँ कानून लागू भएपछि अन्य प्रकारका मुद्दामा कमी आएको छ भने सम्बन्ध विच्छेदका मुद्दा बढेको कञ्चनपुर जिल्ला अदालतले जनाएको छ । उनका अनुसार नयाँ कानून लागू भएसँगै पुरुषले आफ्नो हक प्रयोग गर्दै सिधै अदालतमा मुद्दा दर्ता गर्न पाउने भएका कारण सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको बताए । गत आर्थिक वर्ष २०७४र०७५ सम्बन्ध विच्छेदका ४३ मुद्दा दर्ता भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित